जलेश्वर , महोत्तरी । नरेश सिंह क्रिकेट एकेडेमी द्वारा आयोजित इन्टर स्कूल क्रिकेट टूर्नामेंट को सातौ संस्करण आज जलेस्वर को ल.च.मु. ग्राउंडमा प्रदेश ०२ प्रदेश सभा सांसद रानी शर्मा तिवारी को प्रमुख आतिथ्य सफल भएको छ ।
यस फाईनल खेलमा एल्हेबस स्कूल ६ विकेट ले विजयी हुन सफल भएका थिए।
शिशु ज्ञान निकुञ्ज बनाम एल्हेबस बिच को यस फाईनल खेलमा टॉस जितेर शिशु ज्ञान ले बैटिंग गर्ने निर्णय का साथ २० ओवर खेल्दै ०८ विकेट को क्षतिमा ११९ रन बनाउन सफल भएका थिए ।
१२० रन को लक्ष्य को पीछा गर्न एल्हेबस का बैट्समेन हरुले १४.४ ओवर खेल्दै ४ विकेट को क्षतिमा १२० रन को लक्ष्य हासिल गरी विजयी भएका हुन ।
फाईनल खेलको उत्कृष्ट खेलाड़ी एल्हेबस का आशिष मण्डल ४४ गेंद मा ०७ चौका को मद्त ले ४२ रन र ३ ओवरमा १२ रन खर्च गरी २ विकेट को मद्त ले प्लेयर ऑफ द मैच बनी आफ्नो टीम लाई विजयी बनाउन सफल भएका थिए ।
यस टूर्नामेंट मा उत्कृष्ट प्रदर्शन का अनुसार- फेयर प्ले न्यू मोडर्न स्कूल लाई अंक तालिका अनुसार ३८ पॉइन्ट, बेस्ट बैट्समैन ४ मैच १६० रन १५३ गेंद १०४ को स्ट्राइक रेट रूपेश यादव (ल.च.मु), इमर्जिंग प्लेयर १२ विकेट र १०० रन सिद्धार्थ गुप्ता (एल्हेबस), बेस्ट बॉलर ५ मैच १९ओवर १ मेडेन ९५ रन १३ विकेट ५.० को इकॉनमी सुभाष ठाकुर ( साउथ एशियन स्कूल ) , मैन ऑफ द सिरीज़ ४ मैच १४० रन स्ट्राइक रेट १४५.८३ र १६ ओवर ४ मेडेन ५५ रन ११ विकेट ३.२३ को इकोनॉमि अभिषेक तिवारी (ल.च.मु) लाई प्रदान गरिएको थियो ।