सरकारी मोटरसाइकलमा ३ जना सवार कानुनको धजिया उडाउँदै

मोटरसाइकलमा ३ जना सवार ,सरकारी सवारी साधनहरुको चरम दुरुपयोग गर्दै

शनिवार बिदाकाे दिन सबै कार्यलय बिदा हुने भएकाले सरकारी गाडि पनि कार्यलयमा हुन्छ तर एउटा यस्ताे पनि छ प्रय कुनै छुटिमा पनि कार्यलय बस्न पाउदैन सरकारी गाडी किन ?

महोत्तरीकाे पिपरा गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष अरुण ठाकुरले सरकारी गाडीको लिए दुरुपयोग गर्दै कानुनका धजियाँ उडाउँदै एउटा मोटरसाइकलमा तीन जना सवार भएर कानूनका मिचिएका देखिएको छ ।

प्रदेश २ मा पछिल्लो समय सरकारी सवारी साधनको दुरुपयोग बढ्दै गएको छ ।एउटा घटना हो–जनकपुर–जलेश्वर सडकखण्डअन्तर्गत महोत्तरीकाे पिपरा गाउँपालिकास्थित सहाेडवकाे छ ।
पिपरा देखि जनकपुर जाने बाटोमा अध्यक्ष अरुण ठाकुर माेटरसाईकलमा तीन जना सवार भएकाे देखिएकाे छ ।

प्रदेश – २-०२ ००१व-८१ नम्बरको ब्लु र कालाे रङ्गको सरकारि नम्बर प्लेट काे माेटरसाईकल दुरुपयोग भएको पाइएको छ।

शनिबार करिब १२ बजे सरकारी नम्बर प्लेट भएको मोटरसाइकलमा तीन जना सवार भएर जाँदै थिए । यही मोटरसाइकलमा वडा अध्यक्ष चालक सहित तीन जना सवार थिए ।

गाडिकाे तस्बिर खिचिएपछि गाडि चालकले वडा अध्यक्षले त्यहाँबाट गाडि भगाएकाे भिडियोमा प्रषट देखिन्छ । सिटि टिभिका पत्रकारले वडा अध्यक्षसंग प्रतीकृया लिन खोज्दा अटेरी कुरा गरेको छ ।

पत्रकारले यस विषयमा अझ बुझ्नका लागि वडा अध्यक्षलाई फोन गरेमा धाक धम्की समेत गरेकाे छ
यस घटनाले बुझ्न सकिन्छ कि प्रदेश २ मा सरकारी सवारी साधनहरुको चरम दुरुपयोग हुँदै आएको स्पष्ट भएको छ ।
यो त एक पात्र मात्र हो । यस्तो घटनाहरु अझै कति छन् जुन बाहिर आउन सकेको छैन ।

सरकारी कर्मचारीले सरकारी सवारीसधानलाई निजी कामका लागि प्रयोग गर्दै कतिपय अवस्थामा तरकारी किन्नेदेखि बजार घुम्नेसम्म दु’रुपयोग गरिरहेको नौलो घटना होइन् ।