जयनाथ यादव / लहान : “समृद्धिको आधार कृषि उधोग पर्यटन व्यापार ” मुल नाराका साथ जिल्ला उधोग वाणिज्य संघ सिरहा ,लहानले ” स्वर्ण जयन्ती बर्ष २०७७ तथा ३२ औं साधारण सभा ५० बर्ष समुद्धघाटन समारोह भव्य रुपमा कार्यक्रम सफल पारेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि कानुन न्याय तथा ससंदिय मन्त्री लिलानाथ श्रेष्ट बाट स्वर्ण जयन्ती महोत्सव समारोहको समुद्धघाटन सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षा गर्दै जिल्ला उद्योग वाणिज्य संघ सिरहा ,लहानका अध्यक्ष अशौक लाल आमात्यले देश विकाश सामाजिक क्षेत्रमा योगदान पुर्याएका सारडा र मुरारका परिवार , स्वर्गीय डाक्टर पशुपति चौधरी,हिमालयन सुगरमिल,सौर्या सिमेन्ट , कार्यक्रमा उपस्थिति विभिन्न व्यक्तित्वहरुलाई शुभकामना दिदैं सम्मान गरिएको थियो।

कानुन न्याय तथा संसदिय मन्त्री लिलानाथ श्रेष्टले सरकारका योजनाहरु विकाश निर्माणहरु सफल पार्न उद्योगीहरुको अत्यन्त महत्वपूर्ण भुमिका हुन्छ । उद्योगीहरुले तिरेको कर बाटनै राष्ट्रिय सेवक सरकारका बिभिन्न औहदामा रहेका मन्त्रीहरुले उद्योगीले तिरेको कर बाट भता खान्छ त्यसलाई देश विकाशको लागी अत्यन्त महत्पुर्ण भुमिका हुन्छ बताउनु भयो । आज कोरोना भाईरसले गर्दा नेपाल मात्र होईन अन्र्तराष्ट्रिय जगतमा पनि तिन दशककै यता आर्थिक अवस्था गम्भिर संसारकै रहेको छ । नेपाल पनि अछुतों छैन तर नेपाल सरकारले आफ्नौ क्षमता अनुसार उद्योगी व्यपारीहरु लाई १ खर्ब रुपैया तुरन्त कर्जाको व्यवस्था सरकारले गरेको छ ।

पर्यटन व्यवसायीहरु अत्यन्त मारमा परेको छ ।त्यसका लागी सहुलियत दरमा ५० अर्ब रुपैया त्रृणको व्यवस्था गरेको छ । सरकार अहिले व्यवसाय घाटा ८ प्रतिशतले प्रगति गरेको विगत भन्दा निर्यातमा विरद्धी भएको। नेपालमा फलाम कारखाना संचालन हुन गईरहेको छ ।
अब तिन बर्ष पछी फलाम उत्पादन गर्छौ माछा, मासु अण्डामा आत्मा निर्भर भएकाछौं बतानु भएको छ ।

अब उधोग लाई एकिकृत उद्योग दर्ता प्रणाली गर्न सरकारले निर्णय गरिसकेको छ । विदेशीहरु लाई मात्र होईन स्वदेशीहरु एकै ठाउँ बाट उद्योग दर्ता हुने प्रणाली अगाडी बढाएको छ ।
विधेयक समितिको संयोजक समेत रहेको मन्त्री कानुनमा कुनै त्यस्तो केही संशोधन गर्नुपर्छ जसले गर्दा तपाईहरु लाई सहज हुन्छ । उद्योग वाणिज्य महासँगका उपाध्यक्ष दिनेश श्रेष्ट लाई मन्त्रालय आउनु छलफल गरौं आग्रह गर्नुभएको छ ।
कानुनमा संशोधन गर्न तयार छ जसले गर्दा व्यपारी लाई सहजिकरण होस प्रतिवतद्धा गर्नु भएको छ ।