• नरेन्द्र महताे

महोत्तरी : महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा शुक्रवार सेफ द नेसनकाे अायाेजनामा वृहत गाैशाला सरसफाई अभियन्न शुरु भएकाे हाे। “सकिन्छ सफा गराै सकिन्न भने फाेहर नगराै”काे मुल नारा सँगै अभियानकाे शुरुवात गरेकाे छ ।गाैशाला नगरपालिका भए पनि सफा सुधार नभएकाे कारण जता ततै फाेहार मै बन्दै गईरहेकाे कारण सेफ द नेशनले बजार सफाकाे अभियान चलाएकाे सेफ द नेशनले जनाएका छन ।

यदि अाफुले सफा नगरे पनि फाेहर पनि नगराै उहाँकाे जाेड थियाे ।सफा गर्नकाे लागि सब भन्दा पहिलेअाफु बाट शुरुवात गराै पछि पछि समाजलाई पनि अगाडि बढन प्रेरित गराै । उक्त कार्यक्रमा १९ वटा विधालयका विधार्थी,शिक्षक ,शिक्षिका, प्रहरी प्रशासन,बैंकका कर्मचारी लगायत पत्रकारहरुकाे सहभागिता रहेका थिए । साे सरसफाई कार्यक्रम श्री त्रि मा वि विधालय गाैशाला बाट शुरु भई बजार सरसफाई गरिदै व्रहमस्थान,निगाैल चाैक,गाैशाला जिराेमाईल हुँदै पु: न विधालयमा गई सम्पन्न भएकाे छ।