जनकपुरधाम : महोत्तरीबाट बेपत्ता भएका दम्पती झालाई  खोज्न प्रदेस २ का २९ वटा संघ संस्थाले आन्त्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएका छन । 

२९ बटा  सामाजिक संघ संस्था द्वारा सहोरवा महोत्तरी बाट बेपत्ता पारिएका झा दम्पति को तिब्र रुपमा खोजी तथा दोषी माथी कड़ा कार्यवाहीका लागी   ज्ञापनपत्र बुझाएको हो । 

ज्ञापनपत्र बुझ्दै प्रदेश सरकारबाट अविलम्ब कदम मन्त्री यादवले प्रतिवद्वता जनाएका छन । 

पछिल्लो लामो समय देखि झा दम्पती बेपता हुंदा पनि प्रहरीले फेला पार्न नसकेको र दोषि कानूनी दायरामा आउन नसक्दा बाध्य भएर आफुहरु दबाब दिन एकिकृत भएर आगाडी आएको समाजिक अगुवा एवम् सिंचाई डिभिजन जनकपुरका प्रमुख ईन्जिनियर भगवान झाले खोज केन्द्रलाई जानकारी दिए ।

झा दम्पती बारे सत्य तथ्य सार्वजनिक नगरिए आन्दोलनमा उत्रन बाध्य हुने उनको कथन छ ।