जयनाथ यादव

लहान : सिरहाको सिमा नाकामा प्रहरी र तस्करको मिलोमतोमा खुल्लेआम तस्करी भईरहेको छ ।
सिमानकामा पर्ने ठाडी , मरिकटोल डुवरवोना, आभेनगर,कुसन्डी तोरियाही , झाझपट्टी,बरहरी कचनारी र बरियारपट्टी नाका लगायत बाट खुल्लेआम भन्सार छली गरेर समान आर-पार हुदै गरेको छ । हुनत सबै नाका बाट सोहरा, कपड़ा , चिनी , गाई गोरु ,बोइलर कुकुरा तस्करी हुदैछ तर ठाडी आभेनगर नाका बाट व्यापक मात्र रक्सी र किराना समानहरु हुदै गरेको छ ।

नाका देखी मुख्य बजार लहान सम्म प्रहरीनै प्रहरी हुन्छ तब पनी तस्करी हुन्छ । कोही एसपीको घुमुवा त कोही प्रदेशको घुमुवा प्रहरी तर यि सब प्रहरीहरुले तस्करी बढाउने काम मात्र गर्छ । आकाका आदेश अनुसार चौक चौराहामा बस छन् ।आफ्नौ फाटँ लिन्छ र आका समक्ष पुर्याउछ । सदा पौसाकमा रातीको सम्मैमा स्थानिय प्रहरी चौकीले आफ्नौ क्षेत्र भित्र घुम्दै रहन्छ तर पनी तस्करी हुन्छ यसले प्रष्ट देखिन्छ प्रहरी र तस्करको साठघाठ ।तस्कर लाई समाउछ जो सँग बार्गेनिङ्ग भएको हुदैन भन्सार लाई तुरन्त बुझाउँछ ।

नाकाहरु बाट लाखौ मुल्य बराबरको समान तस्करी हुन्छ प्रहरीले देखैर नदेखै जस्तो मात्र गर्छ ।झौलामा अलिकति समान हेर्न वितिकै बाईक पिछा गर्छ सबसधारणले घर प्रयोजनको लागी ल्याउदै गरेको ५किलो चिनी ५ लिटर तेल लाई अनावश्यक तनाव दिन्छ तर व्यापारी संग पैसा लिएर खुले आम प्रहरी तस्करी गराउँछ ।प्रहरीले सवसधारण लाई यसरी चेक जाँच गर्छ कि बाहिर बाट लाग्छ सुई पनी आर- पार हुदैन तर त्यो देखाबट मात्र हो ।
तस्करीको बारेमा सिमा नाकामा रहेको शस्शत्र प्रहरी बल र नेपाल प्रहरी चौकीका प्रमुख लाई सोध्दा हामी लाई यस बारे केही थाहा छैन डियुटी गर्दै छौं ।
सवसधारण लाई गाली व्यपारी ताली दिएर मिलोमोतो तस्करी गाराउँछ स्रोतले जानकारी दिएको छ ।