जनकपुरधाम : आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत डेढ लाख घुस सहित पक्राउ परेका छन ।

जनकपुरस्थित अन्नपूर्ण होटलबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले कर अधिकृत रमेश ढकाल र दलाल नविन कर्णलाई पक्राउ गरेको हो । सेवाग्राहीबाट घुस लिदै गर्दा डेढ लाख रुपैया सहित पक्राउ गरिएको हो । 

दुबै जनालाई नियन्त्रण मा लिई थप अनुसन्धान जारी रहेको जनाएको छ ।