बारा, फागुन २७ (मधेश टप): बारामा उपचारको क्रममा एक वडा अध्यक्षकाे निधन भएको छ । कलैया उपमहानगरपालिकाका वडा नम्बर ८ का वडाध्यक्ष विक्रम यादवको उपचारको क्रममा निधन भएको हो ।

वडाध्यक्ष यादवको बिहीबार बिहान काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।गत एक सातादेखि लिभर सिरोसिसको उपचार गराइरहेका उनको आज बिहान करिब १० बजेको समयमा निधन भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।

विगत पाँच महिनादेखि उपचार गराईरहेका उनी स्वास्थ्यमा थप समस्या भएपछि अस्पताल भर्ना भएका थिए ।

उपचारको क्रममा वडाध्यक्ष यादवको आज बिहान निधन भएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले जानकारी दिए ।यादव स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए