बिरगंज । सशस्त्र प्रहरी बल दुई नम्बर प्रदेशका डिअाइजी चन्द्र प्रकाश गाैतमकाे घुमुवा भन्दै तस्कर र व्यापारीहरूसंग रकम असुल्दै अाएका पाँच जना घुमुवाहरूले कुटाई खाएका छन् ।शुक्रबार रातिको समयमा उनीहरूले कुटाइ खाएका हुन । कुटाइ खाने घुमुवाहरूमा हवल्दार राजाराम पट्टेल, हरि बहादुर थापा र सिपाहीहरू विनोद प्रसाद यादव, राज कुमार पट्टेल,हरेन्द्र साह गाेठ छन् ।

उनीहरूले अाफुहरूलाई डिअाईजी गाैतमले पर्सा जिल्ला भरि परिचालन गरेको भन्दै तस्कर र व्यापारीसंग रकम असुल्दै अाएका थिए। शुक्रबार पनि रकम लिएका व्यापारी र तस्करको सामान पक्राउ गर्नेक्रममा छपकैयामा उनीहरूले कुटाइ खाएका हुन । पैसा पनि लिने अनि सामान पनि समात्ने भन्दै गाउँलेहरूले घेरा हाली यी सशस्त्रका घुमुवाहरूलाई कुटेका हुन ।

यी घुमुवाहरू यसअघि भिश्वा लगाएतका बिअाेपीहरूमा घुमुवा भएर धेरै बदनाम भएका भए पनि डिअाइजी गाैतमले किन फेरि यिनैलाई घुमुवा राखेर परिचालन गरेका छन् ? प्रश्न उठेको छ। यी घुमुवाहरूलाई बाहिनीबाट पर्साकाे गणमा खटिएका डिएसपी दिपेन्द्र थापाले परिचालन गरिरहेका छन् ।