राम नारायण यादव

सिरहा १ चैत । सिरहाको लहानस्थित मालपोत कार्यालय हाता भित्र बम विष्फोट भएको छ । आज (आइतबार) दिउँसो मालपोत कार्यालयमा बम विस्फोट हुँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्त शालिग्राम शर्माले जानकारी दिए ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । बमविस्फोट कसले गरेको हो भन्ने कुरा अहिले खुलेको छैन ।