नरेन्द्र महताे

महोत्तरी : गाैशाला नगरपालिकाकाे दुरदर्शि साेच नभएकाे कारण महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका ५ पुल चाैकका स्थानिय जनताहरु विरामि पर्ने संभावना बढेकाे विक्रम साहले बताएका छन। अाज १६ दिन देखि नालाकाे दुर्गन्धित तथा फाेहर पानि जाने मुहान नभएकाे कारण विच वाटाे बाट पानि गई रहेकाेले दुर्गन्धित भई खाना खानमा निकै कठिनाई भईरहेकाे स्थानियहरुले जनाएका छन।देशमा तिन तहकाे सरकार भएर पनि स्थानिय निकाय निकम्वा बनेकाेमा उनिहरु अाक्राेसित बनेका छन ।

वडा कार्यालय तथा नगरपालिका दाैडदै दाैडदै जुत्ता चप्पल टुटि सकियाे तर काेहि सुनिएका छैन विक्रम साहले वताए।नगरपालिकाले नाला बनाउन वजेट विनियाेजन गर्दा पानिकाे निकास नहुने गरि नाला बनाएकाेमा अाज याे समस्या उत्पन्न भएकाे विनाेद साहले वताए।वडा अध्यक्षलाई दाेष लगाएर हुँदैन किन कि नाला वडा अध्यक्षले बनाएकाे छैन ,वडा अध्यक्ष भए पनि अधिकार मुक्त वडा अध्यक्ष रहेकाे एक व्यापारी बताए ।

नगरपालिका र वडा न .५ का वडा अध्यक्ष धर्मेन्द्र साह विच तालमेल नमिलेका कारण गाैशाला वासि चपुवामा परेका छन।