जनकपुरधाम । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि चैत २५ गते निर्वाचन हुने भएको छ ।

महासंघको बुधवार बसेको बैठकबाट चैत २५ गते नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन गर्ने मिति तोकिएको सचिव रामप्रसाद दाहालले जानकारी दिएका छन ।

हुनत यसअघि दुई चरणमा निर्वाचन गर्ने कुरा आइरहेको थियो । तर बुधवारको बैठकबाट एकै चरणमा गर्ने भनी निर्णय गरिएको हो । चैत ७ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरिने जनाइएको छ ।

निर्वाचनबाट शाखा, प्रदेश समिति र केन्द्रीय समितिका पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ । महासंघको नेतृत्वका लागि प्यानल बनाउन दलनिकट पत्रकारका संस्थाहरूले सहकार्यका लागि एक महिना अघिदेखि नै जुटेका थिए । तर निर्वाचनको मिति घोषणामा ढिलाई भएको कारण औपचारिक निर्णयमा दल निकट पत्रकार संघ संस्थाहरु पुगेका थिए ।