जयनाथ यादव

सिरहा / लहान : जिल्ला प्रशासन कार्यलय सिरहाको संयुक्त अनुगमन टोलीले यातायात व्यवस्था कार्यलय लहानमा अनुगमन गर्दा गलत क्रियाकलाप गर्दै दुई जना बिचौलियाहरु प्रकाउ गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको संयोजकत्वमा जिल्ला प्रहरी कार्यलयका प्रमुख सुदिप राज भण्डारी ,राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्दैशक तुलसी राम प्रसाई ,जिल्ला सशस्त्र प्रहरी बलका प्रमुख दिपेन्द्र गिरी , ईलाका प्रहरी कार्यलय लहानका प्रमुख डा. तपन कुमार दाहाल, सशस्त्र प्रहरी बल लहानका डिएसपि विनोद थापा लहान नगरपालिकाका प्र.प्र अधिकृत खेमनन्द भुसाल र जिल्लाका सम्बन्धित निकाय प्रमुखहरुको संयुक्त अनुगमन टोलीले अनुगमन गरिएको छ ।


जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख प्रदिप राज कणेलले सिरहा जिल्लाको लहान एउटा छुटै सेवा केन्द्रको रुपमा रहेको छ यातायात व्यवस्था कार्यलय छ । सेवा ग्राहीलाई सहयोग गर्छु भनेर बाहिर पसल राखेर बस्नु भएको छ । उहाँहरुको सेवा दस्तुर तोकिएको देखिएन । केही अवस्थाहरु लाई सुधार गर्नुपर्छ । खास गरेर लिखित परिक्षा टराईल यो सवारी चालक अनुमतीपत्र छुटै बाटो छ ।


प्रजिअ कणेलले अहिले हामिले दैनिक सेवा प्रवाहको अवस्था कस्तो छ । जिल्लाका सम्बन्धित निकायका संयुक्त निग्रानी टोलीले लहान स्थित मालपोत ,नापी र यातायात व्यवस्था कार्यलय को सघन र एउटा आकस्मिक निरीक्षण गर्ने काम गरेका छौं । सम्बन्धित कार्यलय प्रमुखहरुलाई हिजै मात्र भएको सुशासन निकाय प्रमुखहरुको विषेश परिक्षणबाट केही निर्देशनहरु पनि दिएको छौं। जुन पालना भयो – भएन भने समेतको अनुगमण हो ।


अनुगमन बाट बाहिर लेखापढि व्यवसाय गर्ने केही व्यक्तीलाई गलत क्रियाकलाप गर्दै देख्यो । सोधपुछको लागी पक्राउ गरिएको छ । कुनै गैरकानूनी काम भएको छ भने प्रचलीत कानुन अनुसार कानुनी कार्यवाही पनी चलाउने कामहरु हुन्छन ‘उनले’ बताएको छ ।