काठमाडौं : तोकिएभन्दा बढी भार बोक्ने सवारीसाधनलाई कारबाही गरिने भएको छ । सडक संरचनाको संरक्षण तथा यातायात व्यवस्थापनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यसहित यस्तो कदम चाल्न लागिएको हो । तोकिएभन्दा बढी भार बोक्ने सवारी साधनलाई थप कारबाहीको दायरामा ल्याइने यातायात व्यवस्था विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता डा. लोकनाथ भुसालले चैत १५ देखि सवारीसाधनले तोकिएभन्दा बढी भार बोकी सञ्चालन गरेको पाइए सम्बन्धित स्थानमै सवारीसाधनबाट सामग्री झारिने र यसबाट पर्ने नोक्सानीको जिम्मेवार सम्बन्धित व्यवसायी नै हुने जानकारी दिए । गोरखापत्रमा खबर छ ।
Discussion about this post