रौतहट । एसएसबी २० वी बटालियन बी कम्पनीले नेपालबाट तस्करी गरि भारत भित्रयाइ सकेको ३४ किलों गांजा पक्राउ गर्न सफल भएका छन्। तस्करले प्रहरी गस्ती टोलीलाई देखेपछि उक्त गाजा वेवारिशे अवस्थामा छोडी भागे पछि जप्त गरेको हो ।

सो गाजा एसएसबीले विषेस करवाई का लागि बेेरगनिया थानामा को बुझाएका छन्।असिस्टेंट कमांडेंट अमित कुमार सिंह ले दिएको जानकारी अनुसार एसआई दीपक कुमार केा नेतृत्व मा रहेको गस्ती टोलीले भारतीय क्षेत्र बैरगनिया नगर पंचायत को वार्ड-१ सिन्दूरीया गांऊ देखि एक सय मीटर उत्तर नेपाल सीमा नजिक रुख छेउ मा लुकाएर राखेको तीन प्लास्टिक बोरामा ३४ किलों गांजा विहिबार गुरुवार दिउँसो फेलापरेको हो ।

कुनै तस्कर पक्राउ नपरेको एसआई कुमार ले जानकारी दिनुभयो। थानाध्यक्ष रणवीर कुमार झा लका अनुसार एसएसबी बाट प्राप्त पत्र र गाजा राखि आवश्यक कारवाही आगाडी बढाएको थानाध्यक्ष झाले बताउनुभयो।