जनकपुरधाम : बारामा सशस्त्र प्रहरी ले एक युवक माथी निर्मम कुटपिट गरेको छ । जिल्ला को फेटा गाउँपालिका तथा बिश्रामपुर गाउँपालिका अन्तरगत पर्ने मुसहरवा बेस क्याम्प बिओपी मा कार्यरत प्रहरी सहायक हवल्दार बिध्यानन्द चौधरी ले फेटा बाट दक्षिण तर्फ घोडासहन जाने बाटो मा एक पाउरोटी बेच्ने ब्यापारी लाई निर्मम कुटपिट गरेका छन् । प्रहरी सहायक हवल्दार चौधरी को कुटपिट बाट सद्दाम हवारी को टाउको फुटेको , दुबै हातमा काटिएको छ ।

उनको उपचार सदरमुकाम कलैया स्थित कलैया अस्पताल मा भैरहेको छ । यस विषय सम्बन्धित बिओपी का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक अन्दिर खत्री संग बुझ्दा सामान्य बिवाद भएको र हवारी लाई सामान्य चोटपटक लागेको प्रतिक्रिया दिएका छन् ।