विराटनगर । विराटनगरस्थित भाटभटेनी छेउ शिवमन्दीर रोडमा सडक दुर्घटना भएको छ । शनिबार शिवमन्दीर–विएफएम सडकमा को १ त ७९७८ नम्बरको ट्याक्टरले एभेन्जर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनाबाट मोटरसाइकल चालक घाइते भएका छन् भने मोटरसाइकलमा क्षती पुगेको छ । मोटरसाइकलमा भएको क्षतीपूर्ती ट्याक्टर धनिले व्यहोर्ने सहमति भएको छ । उक्त सडकमा मोटरसाइकल टर्निङ गर्ने क्रममा ट्याक्टरले ठक्कर दिएको थियो ।