जनकपुरधाम : धनुषा जिल्ला सहकारी संघ लि. धनुषाले आयोजना गरेका होली मिलन समारोह सम्पन्न भएको छ।

शुक्रबार संघका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरिऔधको अध्यक्षतामा भएका होली मिलन कार्यक्रमको प्रमुख अतिथी राष्ट्रिय सहकारी बैंकका संचालक एवं भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सल्लाहकार ध्रुव नारायण यादव रहेको थियो ।

मर्यादित व्यवसाय र प्रविधिमा सहकारीको मुलनाराको साथ ६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित होली मिलन समारोह सम्पन्न भएको छ।

उक्त कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष विनोद प्रसाद रोहिताले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै शुभकामना मन्तव्यमा राम पुकार यादव, महाशंकर ठाकुर,रेखा कुमारी मण्डल,प्रमोद छिट्टान,भोगेन्द्र मण्डल ,राष्ट्रिय सहकारी बैंक जनकपुर शाखाका प्रबन्धक बिष्णु प्रसाद पराजुली,नेपाल बचत तथा ऋण केन्द्रीय संघ जनकपुर फिल्ड शाखा प्रमुख महेश बराल लगायतका जिल्ला भरका विभिन्न सहकारीका संचालक र सहकारीकर्मीहरु एक आपसमा होलीको शुभकामना सटासाट गरेका हुन्। उक्त कार्यक्रममा उद्घोषण राजेन्द्र कुमार साहले गरेका थिए ।यस सम्बन्धमा महाशंकर ठाकुरले मधेशटप लाई जानकारी दिए ।