जनकपुरधाम : राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना लगायतका विविध माग राखी बिगत लामो समयदेखि आन्दोलन रत एवं एकीकृत निर्णायक आन्दोलनको तैयारीमा रहनु भएको डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) आज आफनो ब्यक्तिगत तर्फबाट र वहाँले नेतृत्व गर्नुभएको संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चा, राष्ट्र बचाउ अभियान, राष्ट्रिय जनतान्त्रिक गठबन्धन र राष्ट्रिय नागरिक आन्दोलन २०७७/०७७ को तर्फ बाट रंग-उत्सव होली पर्वको शुभकामना दिने क्रममा ब्यक्त वहाँको भावना र शुभकामना संदेश यस प्रकार रहेको छ,

बेरंग यो गणतन्त्रलाई, होलीले रंगीन बनाओस !
कोरोना रुपी धर्म-निरपेक्षतालाई वेदले उपचार गरोस !
आसुरी शक्ति सबै होलीका सँगै जलोस !
एकमात्र निरपेक्ष यो रंग ले सबैलाई वेद पढओस !
हिमाल-पहाड-तराई सबै खुलेरै गुलाल उडाओस !
हुडदंग मचाओस, होली गाओस, मित्रता फैलाओस !
एकता, भाइचारा, मेलमिलाप, खुशीयाली छाओस !
हिन्दु-मुस्लिम मिली रंग-गुलाल उडाओस !
आउने वर्षको होली राजा-जनता सँग-सँगै मनाओस !!!

” रंग-उत्सव होलीको हार्दिक मंगलमय शुभकामना !!”