जनकपुरधाम : धनुषाको सबैला नगरपालिका वडा नम्बर ३ सबैला स्थित गएराती सोमबार करिब ८ बजेको समयमा स्थानीय जीतेन्द्र कुमार राम माथि सोही स्थान बस्ने रामजीवन महरा र उनका छोराहरुले आक्रमण गरेको आरोप लगाइएको छ ।

सदस्य रहेका स्थानिय धनुषाको सवैला नगरपालिका वडा नं.३ का एमालेका कार्यकर्ता एवं एमाले गुटका सक्रिय सदस्य रामजिवन महरा सहित उनकै दुई छोरा जेठो रंजित महरा तथा कान्छो सुकेसर महराले म माथी एक्लो भएको मौका पारी कुटपिट गरेको छ।योजनाबद्ध तरिकाले उनिहरुले लाठी सहित बोतलले समेत मलाइ एक्लो भएको मौका पारी टाउको फुटाए संगै हात भाचिदिएको तथा मैले चलाउदै गरेको ओप्पो एफ फाइब युथ(oppo F5 Youth) मोबाइल,घडी समेत लिएर भागेको छ।

बितेको स्थानिय तह निर्वाचनमा मैले एमाले उम्मेदवारहरुलाइ भोट नदिएको भन्दै कहिकतै बोल्दै आएको तथा म संग झगडा गर्न निहु खोज्दै आएको थियो।निज महराले केही दिन अगाबै मात्र सवैला नगरपालिकाकै एक ब्यक्तिसंग जग्गा नामसारीमा हेरफेर हुदा सात लाख(७,००,०००)रुपैया तथा आफ्नै भाइसंग जग्गाको हेरफेर गरि २ लाख रुपैया लिएको सम्बन्धमा मैले बुझ्न खोज्दा मारिदिने धम्की समेत दिएको थियो।

आज सांझ ७ बजेतिर आफ्नै घर अगाडि निज महराले कोहिसंग झगडा गर्दै गर्दा आफुले झगडा न लम्बियोस भनेर झगडा रोक्न खोज्दा म माथी एकलै भएको मौका पारी तिनै बाउछोराले संघातिक आक्रमण गरेको हो।हो हल्ला भएपछि तथा प्रसासन जुटेपछी उनिहरुको भागाभागा भएको छ।

प्रसासन न आएको भए निज रामजिवन महराले बल प्रयोग मारेर बाटोमै सुताइदिने योजना रहेको थियो जस्तो लाग्छ।समयमै प्रसासन आएर मेरो ज्यान जोगाइ दिएकोमा इलाका प्रहरी कार्यालय सवैलालाइ मुरीमुरी धन्यवाद दिन चाहन्छु।संगै सम्बन्धित निकाय संग न्यायको माग गर्दछु।

पिडित जितेन्द्र रामले भने।यता, इलाका प्रहरी कार्यालय सबैलाले उनको जेठो छोरालाई नियन्त्रणमा राखेर अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो भने पीडित रामले उनीहरुमाथि किटानी जाहेरी दिने बताएका छन् ।

11Màhësh Kùmař Řàý, Pushkar Basant and 9 others