कलैया : कलैया मा वायु प्रदूषणको अन्य स्थान जस्तै प्रतिकुल असर नपरेको हुँदा बिधालय बन्द नहुने कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव ले बताउनु भएको छ ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत १६ प्रेस विज्ञप्ति जारी गर्दै वायु मण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण चैत १७ गते मंगलबार देखि चैत २० शुक्रबार सम्म बन्द हुने सूचना जारी गरिएको भए पनि कलैया उपमहानगरपालिका मात्र नभई प्रदेश २ को एक मात्र महानगर बिरगंज महानगरपालिका ले पनि बिरगंज वायु प्रदुषण नभएको भन्दै नियमित रुपमा बिधालय संचालन गर्न निर्देशन गरिएको महानगरका नगर प्रमुख बिजय सरावगी ले बताउनु भयो ।


कलैया उपमहानगरपालिका का नगर प्रमुख यादव ले “आगामी दिन मा वायु प्रदुषण कलैया मा देखियो भने मात्र बिधालय बन्द गर्छौ, “अहिले त्यस्तो आत्तिनु पर्ने र अहिले नै बिधालय गर्नु पर्ने अवस्था कलैया मा नरहेको ले शैक्षिक संस्थाहरु नियमित रुपमा संचालन हुने” जानकारी दिनु भएको छ । नगर प्रमुख यादव ले प्रदेश सरकारले आज मंगलबार सम्म सार्वजनिक बिदा नै दिएको छ र भोलि बुधबार देखि नियमित रुपमा बिधालय संचालन हुने बताउनु भयो ।
देश कि विभिन्न स्थानीय तह वायु प्रदुषण नभएको भन्दै प्रेस बिज्ञप्ति नै जारी गरि शैक्षिक संस्था नियमित रुपमा संचालन गर्न अनुमती दिएको छ ।