जनकपुरधाम, चैत २० (मधेश टप):

बिहीवार विहान क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया र औरही गाउँपालिका–३ स्थित कपटौलमा गरी दुई जनाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पकडियामा आँपको बगैंचामा शव फेला परेको पुरुषको परिचय खुल्न सकेको छैन् ।

यस्तै उनलाई कसैले हत्या गरेर बगैचामा फालेको हुनसक्ने स्थानीयको आशंका छ ।

तर घटनाको अनुसन्धान भइरहेकाले शव पोष्टमार्टमपछि मात्र केही भन्न सकिने बताउँदै आएको छ ।
यस्तै कपटौलमा मृत फेला परेका ४० वर्षीय पुरुष औरही गाउँपालिका ३ का विजय मण्डल रहेको प्रहरीले जनाएको छ । उनलाई गम्छाले घाँटी थिचेर हत्या गरेको देखिएको स्थानीय बताउँछन् ।

चैते धान रोप्न गएका उनी खेतबाटै बेपत्ता भएका थिए ।

शव पोष्टमार्टमका लागि जनकपुर ल्याइएको छ । ईलाका प्रहरी कार्यालय औरहीका इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष झाले घटना विषयमा अनुसन्धान भइरहेको बताए ।