बारा, चैत २२ गते (मधेश टप डेस्क):

पुरातत्त्व विभाग काठमाडौंले प्रदेश- २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करीब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ भने जानकारी गरयियो!

सिम्रौनगढ नगरपालिका– २, अमृतगञ्जस्थित सो मन्दिरको जीर्णोद्धार गर्ने क्रममा उक्त कलात्मक इँटा फेला परेको हो । सो इँटा वि.सं. १८३५ र १९३५ को हुन सक्ने बताइएको छ । फेला परेको उक्त इँटामा वि.सं. उल्लेख गरिएको नगरपालिकाका सदस्य परमानन्द मुखियाले जानकारी दिए ।

उक्त इँटा फेला परेपछि त्यहाँ १९३५ भन्दा पहिलेदेखि नै मन्दिर रहेको अनुमान गरिएको छ । सो ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको रुपमा रहेको सिम्रौनगढका उचित संरक्षण हुन सकेको छैन ।