जनकपुरधाम, चैत २३ गते (मधेश टप डेस्क):

इन्डोनेसियामा र पुर्वी तमोरमा बाढीले विध्वंस मच्चाएको छ ।

आइतबार बाढी र पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार लगातार वर्षाका कारण बाँध फुटेपछि थुप्रै टापुका हजारौं घर क्षतिग्रस्त भएका छन्।
बाढी र पहिरोको प्रकोप इन्डोनेसियाको फ्लोर्स टापुदेखि छिमेकी मुलुक तिमोर लेस्टसम्म फैलिएको छ।

इन्डोनेसियाको आपतकालीन उद्धार एजेन्सीका प्रवक्ता रादित्य जातीले पत्रकारसँग भनेका छन्, ‘चार उपजिल्ला र सात गाउँमा यसको असर परेको छ।

घटनास्थलमा खटिएको हाम्रो टोलीले ४१ जनाको शव फेला पारेका छन् भने २७ जना बेपत्ता र ९ जना घाइते भएको पुष्टि गरेका छन्।’

तर पूर्वी फ्लोर्सका उपराज्य संरक्षकले भने आफ्नो नगरपालिकामा कम्तीमा ६० जनाको मृत्यु भएको बताएका छन्। इन्डोनेसियाको राष्ट्रिय प्राधिकरणले यो तथ्यांकको पुष्टि गरेको छैन।

यस्तै तिमोर लेस्टको राजधानी जिलीमा ११ जनाको मृत्यु भएको छ।