मधेश टप डेस्क
धनुषा, चैत २६
 नेपाल पत्रकार महासंघ धनुषा शाखामा मनिका झा निर्वाचित भएका छन् ।

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा धनुषामा झा निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्षमा नेहा झा, कोषाध्यक्षमा राजकमल सिंह विजयी भएका हुन् । यस्तै सचिवमा बटुकनाथ झा, सहसचिवमा निरन्जन साह, सहसचिव समावेशीमा गोविन्द महतो विजयी भएका छन् ।

निर्वाचित सदस्यहरूको नामावली आउन बाँकी छ ।