रञ्जन भण्डारी

महोत्तरी । महोत्तरीमा प्रहरीले सिमानाकाबाट लाखौ मोल बरावरको मदिरा नियन्त्रणमा लिएको छ । जलेश्वर नगरपालिका ३ स्थित सिमानाका हुदै नेपाल बाट भारत तर्फ मदिरा निकासी पैठारी गर्न लागेको विशेष सुचनाको आधारमा प्रहरी निरिक्षक रंजन मिश्रको कमाण्डमा खटिएको प्रहरीले भारी परिमाणमा विभिन्न ब्राण्डका मदिरा र वियर नियन्त्रणमा लिएको प्रहरीले वताएको छ ।

प्रहरीले आठ कार्टुन सोफी मदिरा र कर्नाली गोल्ड मदिरा २३९ तथा अन्य विभिन्न सस्तो तथा उच्च मुल्यको सयौ लिटर सिलबन्द मदिरा नियन्त्रणमा लिएको हो । प्रहरीले उक्त मदिराहरु नेपालमा बेच्न पाउने भएपनि सिमापारी गर्न बन्देज रहेकोमा सिमापारी गर्दै गर्दा पक्राउ गरिएको र उक्त नियन्त्रणमा लिइएको मदिरा आवश्यक कार्यवाहीको लागि आन्तरिक राजश्व कार्यालय पठाउने तयारी रहेको प्रहरीले जनाएको हो ।

यता प्रहरीको घरेलु मदिरा नियन्त्रण तथा अवैध भटटी नष्ट अभियान अन्तर्गत शनिवार जलेश्वर नगरपालिका २ र ९ नं. वडाबाट विभिन्न व्यक्तिले संचालन गरेको पाचवटा भटटीहरु नष्ट गरेको छ भने उक्त स्थानहरुबाट तयारी मदिरा नष्ट गर्दै मदिरा बनाउने विभिन्न मेसिनहरु तथा सामग्रीहरु समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी निरिक्षक रंजन मिश्रले वताएका छन । उनले प्रहरीले अझै विभिन्न स्थानमा यस्ता भटटीहरु रहेको सुचनाहरु पाईरहेको र क्रमिक रुपमा सवै भटटीहरु नष्ट गर्दै जाने वताएका छन । महोत्तरीमा चालु आर्थिक वर्षमा शनिवार फुटाएको भटटी सहित १५ भटटी प्रहरीले फुटाइसकेको र उक्त भटटीहरुबाट एक हजार पचास लिटर तयारी मदिरा तथा उन्नाईस हजार लिटर कच्चा पदार्थ नष्ट गर्नुका साथै बिस थान मदिरा बनाउन प्रयोग हुने मेसिन तथा विभिन्न भाडाकुडाहरु नियन्त्रणमा लिइसकेको छ ।