रञ्जन भण्डारी

महोत्तरी : बर्दिवास नगरपालिका १ स्थित ट्राफिक कार्यालय नजिकै मंगलवार मध्य पुर्वि पृतना तालिम शिक्षालय धनुषाको पुर्वी पृतना धारापानीको बा२झ ४६३ नं. को डबल क्याव बोलेरो गाडि पल्टिदा पाचजना सैनिक घाईते भएका छन । धनुषाबाट बर्दिवास केहि आवश्यक सामग्री खरिद गर्न आएको उक्त बोलेरो बायापटटीको अगाडीको टायर पडकदा अनियन्त्रित भई पानी बग्ने खोलसिमा खसेको हो ।

दुर्घटनामा जमदार बुद्धमान राई(टाउकोमा चोट),अमलदार सन्तोष विष्ट(आखामा,अनुहारमा चोट),प्युठ अकल थापा(हात खुटटामा चोट),दशरथ थारु(सामान्य पाखुरामा र टाउकोमा चोट),चेतराज राई(सामान्य चोट) घाईते भएका हुन । घाईते सवैको प्रारम्भिक उपचार बर्दिवास स्थित जनसेवा अस्पतालमा भएकोमा शख्त घाईते जमदार बुद्धमान राई,प्युठ अकल थापा र अमलदार सन्तोष विष्टलाई जनकपुर पठाइएकोमा उनीहरुलाई जनकपुरबाट समेत रेफर गरि नेपाली सेनाको स्काई ट्रक(हेलिकप्टर)बाट काठमाडौं पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।