रञ्जन भण्डारी

महोत्तरी । महोत्तरीको बल्वा नगरपालिका ६ बजारमा मंगलवार एका विहानै आगलागी हुदा तिन पसल जलेर पुणर् नष्ट भएको छ । बल्वा नगरपालिका ५ निवासी राम शंकर ठाकुरको फर्निचरमा विधुत सर्ट भई भएको आगलागीमा ठाकुरको फर्निचर पुणर्रुपमा जलेर नष्ट भएको छ भने पचिस लाख भन्दा वढीको अनुमानित क्षति भएको प्रहरीले जनाएको छ । यता उनकै पसलसंग टासिएको वडा नं. ६ निवासी रोशन कुमार सिंहको हार्डवेयर पसलमा सोहि आगो सल्कदा पसलमा रहेको सिमेन्ट,केमिकल,पाईप,लगायत अन्य हार्डवेयरका सामानहरु ज्लि विस लाखको अनुमानित क्षति भएको हो । त्यसतै सोहि ठाउ निवासी सुनिल कुमार साहको होटेलमा रहेको फ्रिज,टेबुल,कुर्सी समेत पुणर्रुपमा जलेको छ भने होटेलमै रहेको दुई थान ग्यास सिलिण्डर समेत पडकेर आगोलाई उग्र बनाउदै होटेल समेत पुणर्रुपमा जलेको हो । होटेलमा अनुमानित सात लाखको क्षति भएको हो ।

बल्वा नगरपालिकामा बारुण यन्त्र उपलब्ध नहुदा जलेश्वरबाट गएको बारुण यन्त्र,स्थानिय र सुरक्षाकर्मीहरु समेतको प्रयासले निक्कै सकस पछि आगो नियन्त्रणमा लिइएको थियो ।

यता सोहि क्षेत्रमा प्रतिनिधी सभा सदस्य तथा पुर्व रक्षा मन्त्री शरत सिंह भण्डारी,प्रदेश साँसद जयनुल राईर र सुरीता साह समेत पुगेर पिडितलाई धैर्य राख्न आग्रह गरेका थिए । सोहि वेला पुगेका महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराई तथा सुरक्षा प्रमुखहरु समेतले विपद व्यवस्था समितिबाट तत्काल जनही १५ हजारका दरले राहत समेत उपलब्ध गराएका छन ।

प्रमुख जिल्ला अधिकारी भटटराईले पिडितहरुलाई उपलब्ध गराइएको राहत रकम क्षतिको तुल्नामा केहि नभएपनि उनको हौसला वढाउन भने सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यता प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री भण्डारीले स्थानिय तहहरुले बारुण यन्त्र,एम्बुलेन्स जस्ता जनतालाई जतिसुकै वेला आवश्यक पर्ने उपकरण र साधन नकिनेर डोजर,स्काभेटर लगायतका सामग्रीमा रकम खर्च गर्नु दुर्भाग्यपुणर् भएको बताएका छन ।