जनकपुरधाम : प्रत्येक वर्ष नयाँ वर्षको दोश्रो दिन मनाइने यस पर्वमा ठाउनुसार फरक फरक किसिमले मनाइने यस पर्वमा आफन्तजनले बिहान आ आफ्नो सन्तानको दीर्घायु र सुस्वास्थ्यको लागि शिरमा पानीले सिन्चन गरी आशीर्वाद दिने चलन सिरहामा पाइन्छ ।

बिहान सकारै उठेर गाउँका बुढापाकाहरुले हातमा पानी बोकी प्रत्येक घरमा पुगेर आफूभन्दा सानालाई पनि छ्याप्ने चलन रहेको यस ठाउँमा खेतवारी र रुख विरुवामा पानी राख्ने यस परम्परागत चलनलाई जुड शितल भनेर चिनिन्छ ।

यस दिनमा सधैं खाना पकाउने चुल्हो लाई सफा सुग्घर तथा लिपपोत गरी अनेकन पकवान पकाई चुल्होको पूजा गरी आफन्त र घर अगाडी बाटोमा हिड्ने परिचित अपरिचित सबैलाई खाना खान अनुरोध गरिन्छ भने यसरी अनुरोध गर्दा सहजै स्वाकार गर्ने चलन रहिआएको तराईमा आज धुमधामसँग जुडशितल मनाइँदै छ ।