जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सीमा जोडिएका क्षेत्रमा कडाई गर्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमितको संख्या बढीरहेको अवस्थामा नेपालमा पनि जोखिम बढेको भन्दै प्रधानमन्त्री आलीले सीमानाकामा कडाई गर्ने संकेत गरेका हुन् । 

‘भारतमा कोरोनाका बढिरहेको छ। सीमा नाकालाई कडाइको साथ हेर्नुपर्छ। हामीले कोरोनाको भ्याक्सिन ल्याएका छौँ। लगाउने क्रममा पनि चलिरहेको छ’, उनले भने, ‘हाम्रोमा हिजो ६ सयमा कोरोना देखिएको छ। त्यसलाई रोक्नको लागि सबैले साथ दिनुपर्छ।’ 

नेपाल क्षेत्रमा हरेक दिन एक पाइला अगाडि रहेको दाबी गरे। अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको रूपमा सिफारिस भइसकेको समेत बताए। २०३० भन्दा अगाडि नेपाल समृद्ध मुलुक भइसक्ने बताए।