जनकपुरधाम । पर्सा र बारामा कृषि उपज भण्डारण केन्द्र निर्माण गरिने भएको छ । पर्साको वीरगन्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी र बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ डुमरवानामा कृषि उपज भण्डारण केन्द्र निर्माण गरिने भएको हो । 

आज (सोमबार) प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले दुई वटा ठाउँमा छुट्टा छुट्टै कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।साना किसान कृषि सहकारी संस्था लि.को लागत साझेदारीमा आर्थिक वर्ष २०७७/०७८ मसान्त भित्रमा निर्माण कार्य सकिने गरी निर्माण कार्य सुरु गरिएको छ । 

निर्माण कार्यको प्रति कुल लागत रु. ४९ लाख ९५ हजार ७ सय ५१ रुपैयाँ ४३ पैसामा ५० ५ रु. २४ लाख ९७ हजार ८ सय ९० रुपैयाँ ७२ पैसा सम्बन्धित सहकारी संस्थाले साझेदारी गरी निर्माण गर्नु पर्ने भएको छ । किसानको उत्पादनलाई स्थानीय स्तरमा भण्डारण गर्ने साधन नभएर विभिन्न समस्याहरू भएकाले गर्दा भण्डारण केन्द्र निर्माण गर्न लागिएको मन्त्री शाहले बताए । 

आर्थिक वर्ष २०७७/०७८ मा प्रदेश नं. २ को ८ वटै जिल्लाको लागि कृषि विकास निर्देशनालय नकटाझिज धनुषाबाट कृषि उपज भण्डारण केन्द्रको लागि लागत सहभागितामा भवनहरू निर्माण गर्ने योजना अनुरूप कार्य सुरु गरिएको पनि उनले बताए । 

कृषिमा प्रचुर सम्भावना भएको हुँदा कृषि र कृषकको विकासको लागि कृषि उपज भण्डारण केन्द्र, कृषि उपज संकलन केन्द्र, कृषि यन्त्र प्रवर्द्धनका लागि कस्टम हायारिंग, कृषि सडक, सोलार पम्प, कृषि बिधुतिकरण, प्राङ्गारिक तथा जैविक मल कारखाना, कृषि उद्योग तथा पशुपालन र दूध जन्य जस्ता विभिन्न कार्यक्रमहरू अघि सारिएको छ । 

May be an image of 3 people, including Shailendra Sah, people standing and people sitting
May be an image of 1 person and text that says 'प्रदेश सरकार प्रदेश नं. २ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय नकटाभिज, धनुषा )٩ आयोजनाको नाम सहकारीको लागत साभेदारीमा कृषि उपज भण्डारण केन्द्र पूर्वाधार निर्माण २) आयोजना संचालन गर्नें संस्थाको नाम साना किसान कृषि सहकारी संस्था लि. वीरगंज-२७ उदयपुरघुर्मी, पर्सा संचालक समितिको अध्यक्षको नाम र सम्पर्क श्री हृदयनारायण प्रसाद कुर्मी (९5४४०४२४०४) ૪) आयोजनाको कुल लागत रकम ४.9) आयोजना निर्वशनालयवाट व्यहो्नें लागत रकम ४.२) सहकारी संस्थावाट व्यहोर्ने लागत रकम ४.३) कन्टिजेन्सी रकम પ. आयोजना सम्कौता मिति ६. आयोजना सम्पन्न गर्नें मिति २०७६/०२/२३गते २४,९७,६९०।७२ २४,९७,६९०।७२ ७३,६२१।२5 गते'
May be an image of 5 people, including Shailendra Sah and people standing
May be an image of 5 people, people standing, grass and tree
May be an image of 3 people, people standing and people sitting
May be an image of one or more people, people sitting and people standing