जनकपुरधाम : प्रदेश २ सरकारले रामनवमीको दिन भोलि सार्वजनिक बिदा दिएको छ ।
प्रदेश २ को मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै रामनवमीको अवसरमा सार्वजनिक बिदा दिएको जनाएका छन् ।

यो वर्षमा पनि कोरोना महामारी फैलिएका र दोस्रो कोरोना लहर चलेको भन्दै देशका नागरिकलाई स्वास्थ्य मापदण्ड र सरकारले जारी गरेको निर्देशनहरुको पालना गर्न प्रदेशवासीलाई मुख्यमन्त्री राउतले अनुरोध गरेका छन् । रामनवमीको अवसरमा भव्य कार्यक्रम हुने जनकपुरस्थित राम मन्दिर र जानकी मन्दिरमा पछिल्ला २ वर्षमा कोरोना कहरको प्रभाव परेको छ ।