काठमाडौँ : राष्ट्रिय पूनर्निमार्ण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीद्धारा पुजा पाठ गरि धरहरामा गजुर राख्ने काम सम्पर्न भएको छ ।

भूकम्पपछि पुनर्निर्माण गरिएको धरहरा यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । ३ अर्ब ४८ करोड रुपैयाँ अनुमानित लागत रहेको धरहराको पुनर्निर्माणमा डबल बेसमेन्टको धरहरा टावर, करिब ३ सय हाराहारीको क्षमता भएको ट्रिपल बेसमेन्ट पार्किङ, भूकम्पको संग्रहालय र क्याफेटेरिया गरी धरहरा निर्माणलाई चार भागमा विभाजन गरिएको थियो ।