काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा झन्डै ३ लाख जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भारतमा एकैदिन भारतीय सञ्चारमाध्यमले जनाएका अनुसार २ लाख ९४ हजार २ सय ९० जनालाई संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमितको यो संख्या भारतमा एकैदिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा बढी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण २ हजार २१ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म १ करोड ५६ लाख भन्दा धेरैलाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा संक्रमणको कारण १ लाख ८२ हजार भन्दा धेरैको ज्यान गुमाइसकेका छन्।

भारतमा अहिलेसम्म एक करोड ३२ लाख भन्दा धेरै संक्रमित निको भएका छन् । भारतमा सबैभन्दा बढी कोरोनाले पभाबित रहेका महाराष्ट्र, दिल्ली, गुजरात, कर्नाटका, उत्तर प्रदेशलगायत राज्यमा तीव्र गतिमा फैलिएको छ।