नरेन्द्र महताे

गाैशाला : भन्छ नेपाल कृषि प्रधान देश हाे तरअशाेज महीना देखि पानि नपरेका कारण किसानहरु चिन्तित बनेका छन । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका ,रामगाेपार ,अाैरही, सम्सी तथा साेनमा गाउँपालिकामा सिंचाईकाे व्यवस्था नगरेकाे कारण किसानहरु समस्यामा परेका छन ।

अहिले गाैशाला नगरपालिकाका उत्तर भेगका ईनारहरुकाे पानिका सतह निकै तल झरेकाे कारण शुद्व पानि पिउन निकै समस्या भएकाेमा किसानहरु दु ःख व्यक्त गर्दै गुनासाे गरेका छन । यस्तै समस्या धेरै गाउँपालिकाहरुमा रहेका छन ।देशमा तिन तहकाे सरकार भए पनि किसानहरुकाे लागि कुनै व्यवस्था गरेकाे छैन ।

सुखा जमिन भएकाेले हलाे जाेत्न नसकेकाे कारण नयाँ वालि लगाउन निकै समस्यामा परेका सम्सी गाउँपालिकाका किसान राम जपु यादवले बताएका छन ।स्थानिय सरकारलाई अधिकार दिए पनि किसानकाे समस्या प्रति ध्यान नदिएकाे किसानहरुले पालिकाहरु प्रति अाक्राेसित बनेका छन ।

चुनावकाे समयमा धेरै ठुल ठुला कुरा गर्ने तर अहिले खडेरी परेकाेले हजाराै हजार विगहा जग्गा त्यस्तै रहेकाेले किसानहरु प्रति मनाेमानि गरेकाे किसानहरुकाे ठहर रहेका छन । अहिलेकाे जनप्रतिनिधिहरु पचास लाख भन्दा बढिकाे गाडिमा सफर गर्ने तर किसानहरुकाे लागि पचास हजारकाे सिचाईकाे व्यवस्था नगर्नुले किसान प्रति घाेर अन्याय गरेकाे किसानहरुले जनाएका छन। हामिहरु अन्न नउव्जाएकाे भए के खाने थियाे उनिहरुले जनप्रतिनिधि तथा सरकारलाई सिधा प्रश्नन गरेका छन? तर यसकाे जवाफ कुनै पालिका प्रमुख सँग साेझाे छैन ।