विसुन देव सरदार

सिरहा : अनेरास्ववियु क्रान्तिकारी जिल्ला कार्य समिति सिरहाको वैठक सम्पन्न भएको खवर प्राप्त भएको छ।


वैठक पुर्व निर्धारित समय अनुसार हिजो बैशाख – ८ गते बुधबार बिहान ११:०० बजे अतिथि सदन गोलबजारमा सम्पन्न भएको छ।


अनेरास्ववियु क्रान्तिकारी जिल्ला कार्य समिति सिरहाको १ दिने वैठक भएको हो । ” सम्पूर्ण प्रगतिशिल देशभक्त तथा जनतन्त्रिक विद्यार्थीहरु एकजुट हौं ” नाराका साथ वैठक गरिएको हो । वैठकमा विद्यार्थीको हक हित र अगामी रणनीति बारे वैठक भएको हो


वैठकमा प्रमुख अतिथि पुर्व कानुन मन्त्री अजय शंकर नायव ( अबिनाश ) , विशिष्ट अतिथि अनेरास्ववियु क्रान्तिकारी संगठनका केन्द्रीय सदस्य तथा उपाध्यक्ष दिपक देवकोटा , सचिव एवंम प्रदेश न. २ का संयोजक सुर्य नारायण साह , केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शिवन साह , केन्द्रीय सदस्यहरु पुजन सिँह , संजय महतो , विश्वमणि थापा उपस्थितमा उक्त वैठक सम्पन्न भएको अनेरास्ववियुका विद्यार्थी नेता राम उदगार यादवले बताए ।