जनकपुरधाम । सल्यानमा निधन भएका ८२ वर्षका वृद्धलाइ काेराेना परिक्षण गर्दा पाेजेटिभ देखिएकाे छ । जिल्लाकाे शारदा नगरपालिका वडा नम्बर २ खलंगा निवासी ८२ वर्षका वृद्धकाे गएराती निधन भएकाे थियाे ।

निधन पछ्यात आज उनकाे स्वाब परिक्षण गर्दा कोरोना पाेजेटिभ देखिएकाे हाे । उनि विगत ६/७ दिनदेखि बिरामी भएका थिए । उनका छाेरालाइ दुइदिन अगाडी मात्रै काेराेना पाेजेटिभ देखिएकाे थियाे ।

अहिले घरका अन्य परिवारको परिक्षण गर्ने तयारि भैरहेको बताइएको छ। मृतककाे शव सबुज गन सिमखर्कको नेपाली सेनाको टोलि र इलाका प्रहरी कार्यालय श्रीनगरको टोलि लगाएत केही आफन्तहरुका बिच शारदा नदिमा अन्त्यष्टी गर्ने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।