विसुन देव सरदार / लहान / बैशाख- ११ गते।

सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका तीनकुने चौकमा हिजो शुक्रबार योङ्ग कम्युनिस्ट लिग नेपाल द्वारा भेला भई विशेष छलफल सम्पन्न गरेको हो ।

योङ्ग कम्युनिस्ट लिग नेपाल सखुवान्नकारकट्टी गाउँपालिका कमिटी सिरहा द्वारा उक्त बैठक आयोजित थियोे ।
बैठकमा प्रदेश र जिल्लाबाट व्यक्तिहरुको सहभागीता रहेको थियोे ।
बैठकमा निम्न महत्त्वपूर्ण विषयहरुमा चर्चा परिचर्चा गरिएको हो ।
जस्तो कि गाउँपालिकामा भइरहेको गतिविधि खोज खवर ।
विकास निर्माण खोज नीति । शिक्षा , स्वास्थ्य र कृषि सम्बन्धि विशेष खोज नीति , पुर्ण सरसफाइ अभियानको शुरुआत ।

यो सँगै लागु अौँषध नियन्त्रण अभियान , खेत र पेट निरोगी बनाउन माटो बचाउ अभियान , बाल बिबाह , दाइजो प्रथाको अन्त्य गर्ने ।

भ्रष्टाचारी बिरुद्ध आँधिबेरी ल्याउने जस्ता अति महत्त्वपूर्ण विषयमा शिघ्र योङ्ग कम्युनिस्ट लिग परिचालित हुनु पर्नेमा जोड दिइएको छ।
कार्यक्रममा उल्लेखनीय सहभागीता रहेको र सबैमा साकारात्मकता कार्यक्रम निहित रहेको रहमुल राइनले बताए ।