बारा : ´विप्लव ` नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज बाराको पिलुवामा दलित मुक्ति मोर्चा नेपाल बारा पर्साको प्रथम जिल्ला भेला सप्पन्न गरेको छ। दलित मुक्ति मोर्चा नेपालका नारायणी व्युरो सयोजक धर्मराज वि.क.का प्रमुख अतिथिमा आज शनिबार १५ सदस्य संगठनका पदाधिकारी चयन गरेको छ। सर्वसमितिबाट चयन भएका पदाधिकारीहरुमा अध्यक्ष सामेश्वर राम , उपाध्यक्ष शेर बहादुर पासवान ,सचिव रोशन राजेश पासवान ,सह- सचिव प्रेम पासवान ,कोषअध्यक्ष पुनम परियार र सदस्यहरु प्रभु कुमार पासवान ,सरोज पासवान ,राजन पासवान ,राम शरण दर्जी ,राजु वि.क. ,सोनालाल महरा चयन भएका छन् ।

सो भेलालाई `विप्लव ´ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बारा- पर्सा इन्चार्ज कमरेड नयन र युवा संगठन नेपालका बारा जिल्ला अध्यक्ष निरज साहले सम्बोधन गरेको थिए ।
युवा संगठन नेपालका जिल्ला अध्यक्ष निरज साह, नेकपाका जिल्ला सदस्य कमरेड शिवा, जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य सुदर्शन राज पान्डेय, अखिल नेपाल महिला संघ क्रान्तिकारी कि जिल्ला अध्यक्ष लक्ष्मी तामाङ लगायतले शुभकामना दिएका थिए ।