जयनाथ यादव


लहान : सिरहको लहान नगरभित्र बनेको कालोपत्रे सडक गुणस्तरहिन रहेको छ । गुणस्तरहिन सडक निर्माणको कारणले स्थानीय र समान किनमेल गर्न बाहिरबाट आएका ग्राहकहरुलाई सडकको कारण ठूलो क्षति भोग्नुपरेको छ । खासगरी मोटरसाइकल स्टेन गरेर राख्ने बितिकै नयाँ कालोपत्रे सडक धसेपछि गाडी लड्ने घटना धेरै घटिसकेको छ । एकक्षिणको लागि स्टेन गरेर नजिकै पसलमा समान किनमेल गर्न जाने ग्राहकको मोटरसाइकल लडेर बाईकको समान फुट्ने गरेको घटना यतिबेला दिनमा दर्जनौं घटना सुन्नु परेको छ ।

खासगरी लहान नगरपालिकाको २ नम्बर सडकमा बनेको र बन्दै गरेको कालोपत्रे सडकको गुणस्तर निकै कम्जोर रहेको स्थानीय बासीहरुले बताउँछन् । अहिलेपनि सडकलाई अबलोकन गर्ने हो भने सडकको साइडमा जहाँ मोटरसाइकल स्टेन गरेर राखेको हुन्छ त्यो क्षेत्रमा कालोपत्र उकेको धेरै भेटिन्छन्,बाईकको स्टेनले कालोपत्रे सडक दुलो परेर धज्जी उडेको यतिकै थाहा हुन्छ ।

गुणस्तरहिन कालोपत्रे सडक निर्माणले थुप्रैका मोटरसाइकलमा क्षति पुगिसकेको छ । एउटा सामान्य समान किन्न ग्राहकहरुले ठूलो क्षति भोग्नुपरेको जीवछ यादव बताउँछन् । उनले थपे, गुणस्तरहिन कालोपत्रे सडक निर्माणले पसलबाट सय रुपैयाँको समान किन्न मोटरसाइकल स्टेन गरेर पसल छिरेका ग्राहकले हजारौं रुपैयाँ बराबरको मोटरसाइकलको समान फुटिसकेको हुन्छ । दिनमा यस्तो थुप्रै घटना हुन्छ । यसको जिम्मेवारी कसले लिने ? यसमा अहिलेसम्म सम्बन्धित निकाय मौन छन् ।

नयाँ गुणस्तरहिन सडक यसरी भत्किनु र स्थानीय सरकार/ नगरपालिकाको ध्यान नपुग्नु, नजिकै रहेको सडक डिभिजन कार्यालय मुखदर्शक बनेर बस्नुले यतिखेर लहानमा बढ्दै गएको डुबलीकेट बिकासमा केही राज लुकेको प्रष्ट हुन्छ । टेन्डर परेको कम्पनीले यसरी गुणस्तरहिन काम गरेमा कम्पनी कार्वाहीमा पर्ने, कम्पनीको निजी सम्पत्तिबाट सडक पुनर्निर्माण गर्न लगाउने कानुनी प्रावधान छ । तर, लहानमा यतिका गुणस्तरहिन कालो पिचे सडक निर्माण हुँदा, दिनमा सयौं ग्राहकले क्षति भोगिरहँदा भने सम्बन्धित निकायलाई कुनै कार्वाही भएको छैन् । यसमा सबै पक्ष र निकायको मिलेमतो रहेको देखिन्छ । घटना र विकासको प्रकृति हेर्दा यसमा मिलिभगत रुपमा सिधै भ्रष्टाचार भएको भन्दा कुनै फरक नपर्ला ।

त्यसैले सम्बन्धित निकायको ध्यानाकर्षण होस्, सडकमा बढ्दै गएको कम्जोर निर्माणको कारण मोटरसाइकल दुर्घटनाको पीडित पक्षलाई क्षतिपूर्तिको व्यवस्था होस्, ठेक्का, टेन्डर वा समितिलाई अविलम्ब कार्वाहीको दायरामा ल्याएर भ्रष्टाचार भएको वा गुणस्तरहिन काम गरेकोभए कानुनी दायरामा ल्याउन । लहान विकासमा यतिबेला बढ्दै गएको भ्रष्टाचार युक्त र गुणस्तरहिन विकास निर्माण कार्यको निगरानी होस्, सम्बन्धित निकायलाई ध्यानाकर्षण होस् ।