बिबेक कुशवाहा , महोत्तरी । ठेकेदारको दादागीरी कारण औरही नगरपालिकाको हाटबजार बन्द हुने अवस्थामा शिर्षकमा १० गते शुक्रबार प्रकाशित शिरीष न्युज अनलाइनमा हेडलाइन बनाएर लेखिएको समाचारको विषय लाई लिएर शिरीष न्युज अनलाइनका जिल्ला प्रमुख महोत्तरी सामाचारदाता धर्वेन्द्र कुमार यादव (यदुवन्शी)लाई स्थानीय ठेक्केदार नथुनी ठाकुरले फोनमार्फत धम्की दिएका छन् ।

पत्रकार यादवले ठेक्केदारले दिएको धक्की अडियो सामाजिक संचालमा सार्वजनिक गरेका छन् । स्थानीय व्यपारीहरुका अनुसार हप्तामा दुई दिन मंगलबार र शुक्रबार लाग्ने हाटबजारमा नियम विपरीत रकम असुल गर्दै आईरहेको व्यापारीहरुले गुनासो गरेका छन् ।

औरही नगरपालिका वडा नम्वर १ मा लागने औरही हाँटमा व्यापारीहरुलाई ठेक्केदारको दादागीरीका कारण बजार लगाउन आउने व्यापारीहरु सँग मनोमानी तरिकाले रसिद काटेर रकम उठाउने गरेको रहस्य खुलेको छ ।

श्री प्रसाद सिंह माबि बिधालयले सार्वजनिक गरिएको दररेटअनुसार प्रति सानो कपडा पसलको २५ रुपैयाँ र ठूलो कपडा पसलको ५० रुपैयाँ दररेट तोकिएकोमा ठेक्केदारले आफ्नो असुनसार दररेट कायमगरी सानो कपडा पसलको ५० रुपैयाँ र ठूलो कपडा पसलको १०० रुपैयाँको रदले रकम (बट्टी) उठाउँदै आईरहेको थियो । सोही विषयमा शुक्रबार व्यापारी र ठेक्केदारबीच विवाद उत्पन्न भएको थियो ।