जनकपुरधाम : रतमा कोरोना भाइरस महामारीका कारण डरलाग्दो स्थिति सिर्जना भएको छ।दैनिक ३ लाख बढी संक्रमित थपिरहेको भारतमा अस्पतालहरु खचाखच छन्। धेरै बिरामले अस्पतालमा उपचार पाउन सकिरहेका छैनन्। यसैबीच, सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल बनेको छ। सामाजिक सञ्जाल ट्विटमा एक प्रयोगकर्ताले सो तस्विर सेयर गरेका हुन।

जहाँ एक महिला आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी देखिन्छन्। अक्सिजन सिलिन्डरको अभावमा ती महिलाले आफ्नो पतिलाई अन्तिम क्षणसम्म मुखबाट सास दिँदै बचाउन खोजिकी देखिन्छन्। यो घटना भारतको उत्तरप्रदेश स्थित आगराको रहेको बताइएको छ