जयनाथ यादव/लहान : बनेपछी टिक छ आशा र विश्वास रहन्छ तर बनेको ५ महिना नहुदै सडको अवस्था टुट फुट भएको छ ।
सिरहाको लहान नगरपालिकाले सुर्या विकाश जे.वि कन्ट्रक्सन संचालक नन्द किशौर साह सँग वडा नम्बर १०,११,१३र१४मा कालोपत्रे सडक निर्माणको लागी ९ करोड ३८ लखा १३ हजार ६ सय ४४ रुपैयाँ १३ पैशा भ्याट सहित योजना शुरु मिति २०७५/०७/०७ र २०७७/७/२० गते सम्पन्न हुनेगरी प्रिमिक्स कारपेटिङ कार्य सम्झौता गरिएको थियो । सडकको लम्बाई ८२०० सय मिटर र नाला ८०० मिटर सहित र चौराई ४ देखी ५ मिटर मोटाई ४०mm ६ इन्च कारपेटिङ्ग सिलकनकोट हुनुपर्ने सम्झौतामा उल्लेखित विवरण छ।


कार्य सम्झौता मिति समापन भएपनी हाल सम्म सडक निर्माण कार्य समाप्त भएको समेत छैन।
W.B.M गिट्टी हाली सकेपछी कारपेटिगङ गर्न पहिला वास गर्नु पर्ने हुन्छ तर भएन । योजना स्थलमा साईड ईन्जिनियर वा सव ओभरसियर हुनुपर्ने यती सम्म हुडिङ्गबार्ड समेत राखिएको छैन् ।
लहान नगरपालिकाको ईन्जिनियरको कमिसन र गैर जिम्मेवारी कारणले बनेको पाचँ महिना नहुदाँ सडक टुट फुट भएर नाजुक बनेको छ ।


यता नगरपालिकाका साईड ईन्जिनियर रामान्नद वरीयैतले सडक टुट फुट भएको’ स्वीकार ‘गरे । काम हुदैछ फेरी सम्झौता गरेको छ बैशाख अन्तिम सम्म मर्मत गर्नुपर्छ हामी नगरपालिकामा छलफल गर्छौं ‘उनले भने ‘ ।

गुणस्तरहिन पछाडि अनियमितता ढङ्गले बजेट सिध्याउन उद्देश्य मणशाय मात्र रहेको प्रष्ट देखिन्छ ।
लहान नगरपालिकाको गुणस्तरहिन निर्माणको आतंकले स्थानिय आजित भएको छन भने सम्बन्धि निकाय आखाँमा पट्टी कानमा तेल हालेर बस्दा स्थानिय आजित बनेका छन् ।