मधेश टप डेस्क
काठमाडौं, वैशाख १५ गते

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन र ट्रायल अनिश्चितकालीन बन्द भएको छ ।

सरकारले वैशाख १६ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दुवै सेवा बन्द गरेको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा.लोकनाथ भुषालले विश्वभर फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड १९ महामारीका कारण १६ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द भएको जानकारी दिएका छन् ।

यता प्रदेश २ को जनकपुर स्थित यातायात कार्यालयले बुधबार अपराह्नसम्म अनलाइन आवेदन मात्र लिइने जनाएको छ ।

भोलि बिहीबारदेखि जनकपुरमा अनलाइन आवेदन नलिने तर ट्राइल लिइरहने एक कर्मचारीले टुडेपाटीलाई जानकारी दिए ।

वाग्मती प्रदेशको भौतिक विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले काठमाडौं उपत्यकामा ट्रायल सेवा बन्द भएको जानकारी दिए ।

उपत्यकाबाहेकका स्थानमा भने यो सेवा निरन्तर चल्ने उनले बताए ।