काठमाडौँ : पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

अधिकारीका अनुसार १३ हजार ८८९ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ७७४ र ९ सय बढीको एन्टिजेन परीक्षण गर्दा १२३ जनामा गरेर ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको हो । अधिकारीका अनुसार भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४ सय ६४ गरेर उपत्यकामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सात सय ७३ जना कोरोना सङ्क्रमित निको भएका छन् ।