जनकपुरधाम ।  धनुषामा पत्नीले आफ्नो पत्तिको हत्या गरेकी छिन् ।

जिल्लाको हंसपुर नगरपालिका वडा नं. ६ को टिल्हीका २५ वर्षीय युवक शम्भु मण्डललाई घरायसी विवादमा पत्निले आफ्नो देवरहरुसँग मिलेर पत्तिको हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

गएराति भएको विवादमा मण्डलका पत्नी २३ वर्षीया सुशिलादेवी मण्डल, भाइहरु जय मण्डल र अनिल मण्डलले कुुटपिट गरि धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरी नायव उपरीक्षक मिश्रले बताए ।

हत्या गरेर पत्नी तथा भाइरहरु फरार भएको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजी भइरहेको तथा घटना स्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी खटेको प्रवक्ता मिश्रले बताए ।