काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई काठमाडौं स्रोह्रखुट्टेस्थित मनमोहन मेमोरियल कलेजमा भर्ना गरिएको थियो । मनमोहनबाट उनलाई अहिले नर्भिक अस्पताल ल्याइएको खनाल निकट स्रोतले जानकारी दिएको छ ।

उनको अवस्था सामान्य रहेको जनाइएको छ ।