जनकपुरधाम : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । स्रोतका अनुसार पोखरेलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेश गरेको अविश्वास प्रस्तावमा प्रदेश सभामा आजबाट छलफल सुरू हुने तय भएको थियो ।

आज दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक बस्दैछ । त्यसअघि एमाले संसदीय दलको बैठक बसेको छ ।