मधेश टप डेस्क,

जनकपुरधाम :  धनुषामा कोरोना संक्रमण तीवग्रतिमा फैलिदै गएपछि मंंगलबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा लगाइएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिएका छन् ।

यस अवधिमा सवारी साधन आवागमनमा पूर्ण रुपमा रोक लगाइएको उनले बताए ।

त्यस्तै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने प्रजिअ वास्तोलाले बताए ।

बजार व्यवसाय संचालनमा निश्चित समय तोकिएपनि औषधी पसलहरु नियमित संचालन गर्न पाउने उनले बताए ।

यता सरकारी कार्यालयहरुमा सरकारी कामहरु अतिरिक्त सेवाग्राहीहरुको काम नहुने निर्णय सो बैठकबाट गरिएको छ ।

बैठकले सरकारी कार्यालयहरुमा एक चौथाई कर्मचारी मात्रै राख्न भनेको छ ।

संचारकर्मीहरुले भने आफ्नो संस्थाको आइडी कार्ड लिएर आवतजावत गर्न पाउने छन् ।