जयनाथ यादव /लहान

दलित लाई हत्या गरेको भन्दै राष्ट्रिय दलित जागरण अभियान,नेपालले दोषीलाई हदैसम्मको कार्वाही र पीडित परिवारलाई न्याय सहित क्षतिपूर्तिको व्यवस्था अविलम्ब गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।
सप्तरी जिल्ला राजगढ गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ४५ को बुधु सदा वैशाख ९ गते स्थानिय ठेकेदारसँग प्लाइउड फैक्ट्रीमा मजदुर गर्न भारत पुगेका थिए ।काम कडा तर खाने कुरा नपाउँदा १४ वैशाखमा बुधुले ठेकेदारसँग खानेकुरा मागेको थिए । सोही क्रममा बुधु र ठेकेदार बिच बेलुका भनाभन सुरु भएको थियो ‌। भनाभनकै क्रममा ठेकेदार सहित चारजना मिलेर बुधुलाई हातखुट्टा बाँधी निर्मम यातना दिएका थिए ।यातनाको कारण उनी बेहोस भएपछी १६ वैशाखमा ठेकेदारले श्रीमती प्रमिलादेवी सदालाई फोन गरी बुधु बिरामी रहेकोले बोडरमा लिन आउन बोलाएका थिए ।प्रमिला र उनको छोरा बुधुलाई लिन ठेकेदारले बोलाएको ठाउँ बोडर पुगेका थिए । बेहोस बुधुको शरीरमा चोटपटकको निलडाम देखेपछि उनीहरुले ठेकेदारलाई प्रश्न गरेका थिए तर ठेकेदारले सन्तोषजनक जवाफ दिएन् ।सिकिस्त बुधुलाई परिवारले बोकेर घर ल्याएका थिए । सोही दिन थप उपचारको लागी उनलाई राजविराजको गजेन्द्रनारायण अस्पताल भर्ना गरेको थिए ।उपचारको क्रममा शनिवार अन्तराष्ट्रिय मजदुर दिवसकै दिन उनको मुत्यु भएको छ।

रादमुजा अभियानका पर्वी संयोजक राजेश विद्रोही र पश्चिम संयोजक खगेन्द्रले पहिलो चरणको कोराना महामारीको लकडाउनमा जसरी मुलुक दलित हत्याको हटस्पट बनेको थियो त्यसरी नै यतिबैला दास्रो चरणको कोराना महामारीको लकडाउनको सुरुवातमै फेरी दलित मजदुरको हत्याको सुरुवात भएको ‘उनले भने’ । राष्ट्रिय दलित मुक्ती जागरण अभियान (राजमुजा अभियान ) ले घटनाको घोर भत्सर्ना गर्दै घटनाको सत्य तथ्य रुपमा छानविन गरी दोषीलाई हदैसम्मको कार्वाहीको र पीडित परिवारलाई न्याय सहित क्षतिपूर्तिको व्यवस्था अविलम्ब गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

घटनामाथि सुनवाई नभए रादमुजा अभियानले लकडाउको अवज्ञा गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गर्न हुने कुरा यसै विज्ञप्तिमा मार्फत सबैमा जानकारी गराउन चान्छौँ । अन्तयमा मृत आत्माको चीर शान्ति मिलोस ,शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शाक्ति मिलोस हार्दिक श्रद्धाञ्जली समेत अर्पन गरेको ।